काठमाण्डु, १४ असोज– गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएका छ ।
जोशीका तर्फबाट रोचक जोशीले थुनामुक्त माग गर्दै निवेदन दर्ता गरेका हुन् । आइतबार सर्वोच्चमा निवेदन दर्ता भएको थियो भने सोमबार पेसी तोकिएको छ। आज न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको थियो । पोखरामा उनको बयान सकिएको छ भने थप अनुसन्धान भइरहेको छ।