काठमाण्डु, १४ असोज– गएको बिहिबारदेखि परेको अविरल बर्षाको कारण आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ । अझै ३१ जना बेपत्ता रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
घाइतेको सङ्ख्या ९६ रहेको छ भने ३ हजार ७०५ जनाभन्दा बढीको उद्धार गरिएको पनि प्रहरीले जानकारी दिएको छ । अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन भई बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
लामो यात्रामा निस्कनुभन्दा पहिला नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध समेत गरेको छ।