समाचार

यातायातको सहज अवस्था भएपछि ईपीएसको स्वास्थ्य परीक्षण गर्दा हुने

२०८१ असोज १३ गते १८:२७

काठमाण्डु, १३ असोज– वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिएकाहरूको स्वास्थ्य परीक्षण केही दिनको समय सरेको छ । धेरै वर्षासँगै आएको बाढी पहिरोका कारण आवातजावतमा समस्या आएपछि ईपीएस कोरिया शाखाले स्वास्थ्य परीक्षणको मिति सारेको हो । अब यातायातको सहज अवस्था भएपछि स्वास्थ्य...

उद्धार र राहतमा जोड दिन सरकारसँग एकीकृत समाजवादीको माग

२०८१ असोज १३ गते १८:२०

काठमाण्डु, १३ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव नेपालले आइतबार दिउँसो वक्तव्य जारी गर्दै उद्धार र राहत कार्यलाई जोड दिन माग गरेका हुन् ।...

विपदबारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्योः गृहमन्त्री लेखक

२०८१ असोज १३ गते १८:०९

काठमाण्डु, १३ असोज– गृहमन्त्री रमेश लेखकले बिपद्बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको दाबी गरेका । आज (आइतबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन । उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भए पनि थप...

उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बीचैमा रोकिए

२०८१ असोज १३ गते १७:२९

काठमाण्डु, १३ असोज– गएको बिहिबारदेखि परेको अविरल बर्षाको कारण त्रिभुवन राजपथ र पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण मालवाहक गाडीहरू बिच बाटोमै अलपत्र परेका छन । काठमाण्डु उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन बिच बाटोमै अलपत्र परेका हुन । उपत्यकाबाट बाहिरिन लागेका मालवाहक...

विवाहको एक महिनामै झ्याप्ले खोलामा अस्ताए नवदम्पती

२०८१ असोज १३ गते १७:२३

काठमाण्डू, १३ असोज- नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिंदा एक नवविवाहित दम्पतीको ज्यान गएको छ । गुल्मी मदाने गाउँपालिका-६ घिउपानी चामागाउँका ३४ वर्षीय प्रकाश कुँवर र श्रीमती ३१ वर्षीया अनु कुँवरको संगै ज्यान गएको हो । रोजगारीका सिलसिलामा  दक्षिण कोरिया पुगेका प्रकाश...

छविलाल जोशीलाई प्रक्रिया नपुर्याई समातियो: रास्वपा

२०८१ असोज १३ गते १७:१८

काठमाण्डु, १३ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआइजी छविलाल जोशीलाई सरकारले पक्राउ गर्दा प्रक्रिया नपुगेको दाबी गरेको छ । आज (आइतबार) केन्द्रीय समिति बैठक पश्चात् पत्रकारहरूसँग कुरा गर्दै पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले यस्तो जानकारी दिएका हुन । उनले जोशीलाई कुन...

बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता

२०८१ असोज १३ गते १७:०४

काठमाण्डु, १३ असोज– गएको बिहीबारदेखिको अविरल वर्षाका कारण १४८ जनाको मृत्यु भएको छ । आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन् । अविरल वर्षापछि पहिरोमा परेर धादिङको...

यी हुन् सर्वदलीय बैठकका ९ निर्णय

२०८१ असोज १३ गते १६:४८

काठमाण्डू, १३ असोज- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार सिंहदरबारमा बोलाएको सर्वदलीय  बैठकले भारी वर्षापछिको बाढीपहिरो र डुबाना कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न निर्णय गरेको छ । सस्ता छन् सर्वदलीय बैठकका ९ निर्णय । १.अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान...

कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

२०८१ असोज १३ गते १६:३६

काठमाण्डु, १३ असोज– आज (आइतबार) सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितहरुलाई दिने निर्णय गरेको छ । कांग्रेस संसदीय दल, कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको १५ दिनको पारिश्रमिक राहतका लागि...

कोशी ब्यारेजबाट मानिसको आवतजावत खुला

२०८१ असोज १३ गते १६:३१

सुनसरी, १३ असोज- पानीको बहाव घटेसंगै कोशी ब्यारेजबाट मानिसको आवतजावत खुला भएको छ । पानीले खतराको तह पार गरेपछि शनिबार अपराह्नबाट कोशी पुलमा आवतजावत बन्द गरिएको थियो । जल सतह घटेपछि आउजाउ खुला गरिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । आइतबार बिहान साढ़े...

राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने रास्वपाको निर्णय

२०८१ असोज १३ गते १६:२०

काठमाण्डु, १३ असोज– आज (आइतबार) बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तय गरको रास्वपाका कार्यवाहक प्रवक्कता मनिस झाले जानकारी दिए । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले...

काभ्रे तेमालमा पहिरोले पुरिएका घरबाट निकालियो ४ शव

२०८१ असोज १३ गते १६:१५

काठमाण्डु, १३ असोज– बाढी–पहिरोबाट ठूलो क्षति पुगेको काभ्रेपलाञ्चोकमा घाइते र राजमार्गमा अलपत्र परेकाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार कार्य जारी छ । नेपाली सेनाको हेलिकप्टर मार्फत बीपी राजमार्गको रोशी क्षेत्रमा अलपत्र परेकाको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । सेनाकै हेलिकप्टर मार्फत जिल्लाका भुम्लु गाउँपापालिका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us