समाचार

झ्याप्ले खोला पहिरोः अहिलेसम्म ३५ जनाको शव निकालियो

२०८१ असोज १३ गते १४:२५

काठमाण्डु, १३ असोज– धादिङ जिल्लाको धुनिबेसी नगरपालिका-९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३५ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार १४ जनाको शव फेला परेकामा बाँकी शव आइतबार फेला परेको प्रहरीले...

पनौतीमा पहिरोमा परी ५ जनाको मृत्यु

२०८१ असोज १३ गते १४:१५

काभ्रे , १३ असोज-काभ्रेको पनौती नगरपालिकामा बाढीपहिरोमा परी ५ जनाको मृत्यु भएको छ ।                                                            ...

पहिरोले सडक अवरुद्ध भएर एम्बुलेन्स रोकिंदा दुई बिरामीको ज्यान गयो

२०८१ असोज १३ गते १४:०२

सिन्धुली, १३ असोज-वर्षासंगै गएको पहिरोले सडक अवरुद्ध हुंदा कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई बिरामीको ज्यान गएको छ । मृत्यु हुनेमा महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली र सिन्धुलीको कमलामाई नगरपालिका-४ की ९४ वर्षीया टीकाकुमारी भुजेल छन् । सिन्धुली प्रहरी प्रमुख एसपी...

सरकारले बाढीपहिरोबाट उत्पन्न परिस्थितिको सबै सामर्थ्य लगाएर सामना गर्छःअर्थमन्त्री पौडेल

२०८१ असोज १३ गते १३:४८

काठमाण्डू, १३ असोज- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमण सकाएर आइतबार स्वदेश फर्किएका छन् ।  अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए । उनले अहिलेको परिस्थितिलाई सबै एकजुट भइ सामना...

झ्याप्ले खोला घटनास्थलबाट २६ शव त्रिवि शिक्षण अस्पताल पठाइयो

२०८१ असोज १३ गते १३:२५

काठमाण्डु, १३ असोज– झ्याप्ले खोला पहिरोस्थलबाट २६ शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ । आइतबार अपराह्न ती शव शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । सनाखत तथा पोस्टमार्टमका लागि शव अस्पताल पठाइएको प्रहरीले जनाएको छ । शनिवार झ्याप्ले खोला पहिरोमा बस र हाइस...

रास्वपा केन्द्रीय समिति बैठक जारी

२०८१ असोज १३ गते १३:१६

काठमाण्डु, १३ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी मुख्य कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो । बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिएका छन । सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी...

झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको फेला

२०८१ असोज १३ गते १२:५४

काठमाण्डु, १३ असोज– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा भेटिएको छ । आइतबार बिहान थप एउटा बस पुरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिएका छन । उनले भने, ‘बस पुरिएको जस्तो...

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय

२०८१ असोज १३ गते १२:४६

काठमाण्डु, १३ असोज– आज (आइतबार) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले उक्त दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण...

कुलेखानी जलाशयको बाँधका ढोका बन्द गरियो

२०८१ असोज १३ गते १२:३८

काठमाण्डु, १३ असोज– जलाशयमा पानीको सतह स्थिर बनेपछि कुलेखानी जलाशयको बाँधका दुवै ढोका बन्द गरिएको छ । शनिबार रातिबाट बाँधका दुवै ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन । भट्टका अनुसार कुलेखानीमा हाल १ हजार ५२८ मिटर पानीको...

दुई दिनमा हेलिकप्टरबाट ११८ जनाको सकुशल उद्धार

२०८१ असोज १३ गते १२:३३

काठमाण्डु, १३ असोज– गृह मन्त्रालयले शनिबार र आइतबार बिहान सम्मा नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको ११८ जनाको सकुशल उद्धार गर्न सफल भएको छ । आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ४० जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयका...

झ्याप्ले खोला पहिरोः अहिलेसम्म २७ जनाको शव निकालियो

२०८१ असोज १३ गते १२:२८

काठमाण्डु, १३ असोज– झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको सब निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख...

बागमतीमा बाढी पहिरोका कारण ४९ जनाको मृत्यु

२०८१ असोज १३ गते ११:५२

काठमाण्डु, १३ असोज– गएको बिहिबारदेखि अविरल रुपमा परेको बर्षाको कारण बाढी पहिरो र डुबानमा परेका बागमती प्रदेशमा ४९ जनाको मृत्यु भएको छ । बाठमाण्डु उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुबानमा परेर ४९ को मृत्यु हुँदा ४० जना घाइते भएका छन् भने ३५ जना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us