रास्वपा केन्द्रीय समिति बैठक जारी

काठमाण्डु टुडे २०८१ असोज १३ गते १३:१६ मा प्रकाशित

काठमाण्डु, १३ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी मुख्य कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।

बैठकमा मुख्य गरी समसामयिक राजनीतिक गतिविधिमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिएका छन । सहकारी प्रतिवेदन पश्चात् सरकारले पार्टी सभापति रवि लामिछानेमाथि हुन सक्ने सम्भावित घटनाक्रम र त्यसको रणनीतिमा छलफल गरी रहेको छ ।

यस्तै देशभर बाढी पहिरो विपत्ति र रास्वपाले गरेको कार्यको विषयमा पनि छलफल भइरहेको ति नेताले जानकारी दिएका छन । बैठकमा चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ‚प्रथम राष्ट्रिय भेलाको समीक्षा‚स्थानीय तह उपनिर्वाचन‚ पार्टी महाधिवेशन केन्द्रित गतिविधि सम्बन्ध लगायत विषयमा छलफल हुने ति नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us