काठमाण्डु, १३ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको भन्दै टिप्पणाी गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन । जोखिम छ...
काठमाण्डू, १३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् । आफ्नै निवास खुमलटारमा प्रचण्डले आइतबार चणिकलाललाई सम्मान गरेका हुन् । तामाङले शनिबार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३...
काठमाण्डु, १३ असोज- पहिरोमा परी नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलको मृत्यु भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको सिन्धुपाल्चोकमा पहिरोमा परी मृत्यु भएको हो । सैनिक प्रवक्ता सहायक रथी गौरव केसीका अनुसार उनी कोरियन साथीसंग घुम्न गएका बेला सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी...
काठमाण्डु, १३ असोज– सत्ता घटक एमालेले बाढी, पहिरो प्रभावित क्षेत्र तथा जिल्लामा आगामी तीन दिनसम्म पूर्व निर्धारित शुभकामना र चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ । आज आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकले यस्तो निर्देशन दिएको...
काठमाण्डु, १३ असोज– विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५,...
काठमाण्डु, १३ असोज– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको बैठक भर्खरै सम्पन्न भएको स्रोतले जानकारी दिएको छ । सरकारले सतर्कता अपनाउन गरेको पहलको धेरैले धन्यवाद दिएको बैठक पश्चात् जानकारी दिँदै जनता समाजवादी पार्टीका नेता राजेन्द्र...
काठमाण्डू, १३ असोज-प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले निजी विमान कम्पनीहरुले आफूखुसी भाडा बढाएको भन्दै नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । निरन्तरको वर्षातका कारण सडक मार्ग अवरुद्ध भएको मौका पारेर विमान सेवा कम्पनीहरूले आफूखुसी हवाइ भाडा वृद्धि गरेकामा समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।...
काठमाण्डु, १३ असोज– काठमाण्डु महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि त्यसको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको महानगरपालिकाले जानकारी दिएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न...
काठमाण्डु, १३ असोज– बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ । हालसम्म काठमाण्डु उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेस प्रदेशमा २ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४...
काठमाण्डु, १३ असोज– कांग्रेसले प्राकृतिक विपत र त्यसले जनधनमा पुर्याएको क्षतिबारे सरकारसँग ब्रिफिङ लिएको छ । आज (आइतबार) सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीको बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग कांग्रेसले ब्रिफिङ लिएको हो । लगातार परेको...
काभ्रे , १३ असोज-कांग्रेसको बाढी, पहिरो र डुबानको विपदमा सरकारले राहत र उद्धारमा प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएको छ । ...
काठमाण्डु, १३ असोज– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सिहंदरबारम्ँ सुरु भएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक सुरु भएको स्रोतले जानकारी दिएको छ । बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । बैठकमा मन्त्री, राजनीतिक दलका प्रतिनिधि...