दुई दिनको पानीले दुई तिहाइको औकात देखाइदियो: रास्वपा

काठमाण्डु टुडे २०८१ असोज १३ गते १६:०५ मा प्रकाशित

काठमाण्डु, १३ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको भन्दै टिप्पणाी गरेको छ ।

आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल भएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।

जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको रास्वपाको दाबी छ ।

उनले भने, ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन, २ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’

सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us