बाढीपहिरोपछि उद्धार र राहतमा सरकारको भूमिका कमजोरःकांग्रेस

काठमाण्डु टुडे २०८१ असोज १३ गते १४:३६ मा प्रकाशित

काभ्रे , १३ असोज-कांग्रेसको बाढी, पहिरो र डुबानको विपदमा सरकारले राहत र उद्धारमा प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएको छ ।                                                         सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको कार्यसम्पादन समिति बैठकमा सरकारको भूमिका कमजोर भएको विषयमा छलफल भएको हो ।                                       बैठकमा अधिकांश नेताले भारी वर्षातबारे पूर्वजानकारी भएर पनि तयारी नगरेको र जनधनको क्षति भएपछि उद्धार र राहतमा सरकार चुकेको बताए ।  नेताहरुले प्रश्न उठाएपछि पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले जवाफ दिए । प्रष्टीकरण दिएका थिए । उपलब्ध साधनस्रोतको परिचालन गरी उद्धार र राहतमा जनशक्ति परिचालन गरिएको उनीहरुले बताए । यद्यपि सरकारले गर्नुपर्ने र गर्न सक्नेजति भूमिका खेल्न  नसकेको उनीहरुले स्वीकार गरेको एक पदाधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us