समाचार

काठमाण्डुको तिलगंगामा एक जनाको शव भेटियो

२०८१ असोज १३ गते ११:४१

काठमाण्डु, १३ असोज– काठमाण्डुको तिलगंगामा एक जनाको शव भेटिएको छ । काठमाण्डु महानगरपालिका–८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा शव फेला परेको सशस्त्र प्रहरी टोलीले जनाएको छ । सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला परेको प्रहरीले जानकारी...

चितवनबाट काठमाण्डू आइरहेको माइक्रोमा पुरिएका १० जनाको शव भेटियो

२०८१ असोज १३ गते ११:३९

काठमाण्डू, १३ असोज-नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पहिरोमा पुरिएको माइक्रो बसबाट थप १० जनाएको शव निकालिएको छ । चितवनबाट काठमाण्डूका लागि छुटेको बा ३ ज १३४५ नम्बरको हायस माइक्रोबसाट आइतबार सुरक्षाकर्मीले १० जनाको शव निकालेका हुन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पुरिएको...

देउवा निवास बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

२०८१ असोज १३ गते ११:३६

काठमाण्डु, १३ असोज– कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको छ । पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्डमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको कांग्रेसका एक नेताले जानकारी दिएका छन । आसन्न स्थानीय तहको निर्वाचनका लागि दल दर्ताको विषयमा निर्णय गर्न बैठक...

एमालेको आकस्मिक केन्द्रीय कार्यालयको बैठक बस्दै

२०८१ असोज १३ गते ११:२८

काठमाण्डु, १३ असोज– सत्ता रुढदल एमालेले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । एमाले महासचिव शङ्कर पोखरेलले बैठक बोलाएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिएका छन । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा...

पीडित नागरिकको उद्धारमा सरकारको चरम उदासीनता देखियोः अध्यक्ष प्रचण्ड

२०८१ असोज १३ गते ११:२१

काठमाण्डु, १३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन । आज आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम...

झ्याप्ले खोला पहिरोः थप १० जनाको शव निकालियो

२०८१ असोज १३ गते ११:१३

काठमाण्डु, १३ असोज– धादिङको जिल्लाको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ । आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन । यसअघि शनिबार राति १४...

गाउँलेले लखेट्दै गरेको जंगली हात्तीबाट मारिए रामदल

२०८१ असोज १३ गते ११:०५

कञ्चनपुर, १३ असोज– कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । लालझाडी गाउँपालिका–४ डाँडाजाईका ५० वर्षीय रामदल रानाको हात्ती आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चपुर प्रहरीका डिएसपी उमेश जोशीका अनुसार राति गाउँमा आएको हात्ती गाउँलेले खेदेका थिए । गाउँलेले खेद्दै...

रोशीमा फसेका दुई हजारको उद्धार सुरु, सैनिक हेलिकप्टरबाट बिस्कुट र चाउचाउ लगियो

२०८१ असोज १३ गते १०:५५

काभ्रे, १२३ असोज– रोशीमा आएको बाढीले बिपी राजमार्ग बगाउँदा बीच बाटोमै अलपत्र गरेका यात्रुको उद्धार सुरु भएको छ । नेपाली सेनाको हेलिकप्टरले आइतबार बिहान अत्यावश्यक खानेकुरा, औषधि र पिउने पानी उपलब्ध गराएको छ । सेनाले बिस्कुट, चाउचाउ, पानी र औषधि वितरण गरेको हो ।...

भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै पूर्वतयारी नगर्दा ठूलो मानवीय र भौतिक क्षति हुनु दुःखदः पूर्वराजा ज्ञानेन्द्र

२०८१ असोज १३ गते १०:४४

काठमाण्डु, १३ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले अरिबल वर्षासँगै बाढी, पहिरो र डुबानबाट देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति पीडाबोध भएको बताएका छन् । ज्ञानेन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै विपदबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख प्रकट गरेका हुन् । मृतक परिवारलाई उचित राहत,...

रास्वपाद्वारा राहत र उद्धारमा खटिन पार्टी पंक्तिलाई ८ बुँदे निर्देशन

२०८१ असोज १३ गते १०:३०

काठमाण्डु, १३ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा परिचालित हुन जिल्लाकार्यकर्तालाई निर्देशन दिएको छ । रास्वपाले राहत र उद्धारमा खटिन पार्टी पंक्तिलाई ८ बुँदे निर्देशन जारी गरेको हो । पार्टीका कार्यबाहक प्रवक्ता मनिष...

सरकारसँग राप्रपाको मागः विपदमा परेकालाई राहत र पुनःस्थापना छिटो होस्

२०८१ असोज १३ गते १०:२०

काठमाण्डु, १३ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै वर्षाका कारण ज्यान गुमाएकाको परिवारलाई उचित क्षतिपूर्ति दिन, संकटमा परेका नागरिकको उद्धार,...

वर्षा रोकियो, तर सप्तकोशीमा बढ्को बढ्यैछ बाढी

२०८१ असोज १३ गते १०:१२

सुनसरी, १३ असोज– सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो छ । सप्तकोशीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ । सप्तकोशीमा ६ लाख ६१ हजार २ सग ९५ क्युसेक पानी मापन गरिएको छ । शनिबार रातिबाट वर्षात रोकिएको भए पनि सप्तकोशीमा भने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us