काठमाण्डु, १३ असोज– धादिङको जिल्लाको धुनिवेसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरोमा पुरिएका गाडीबाट थप १० जनाको शव निकालिएको छ ।
आइतबार ८ पुरुष र २ महिला गरी १० जनाको शव निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन । यसअघि शनिबार राति १४ जनाको शव निकालिएको थियो ।
यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरुको संख्या २५ पुगेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । पहिरोमा बस र माइक्रोबसहरु पुरिएको बताइएको छ भने अझै पनि उद्दार कार्य जारी रहेको पनि प्रहरीले जनाएको छ ।