रोशीमा फसेका दुई हजारको उद्धार सुरु, सैनिक हेलिकप्टरबाट बिस्कुट र चाउचाउ लगियो

काठमाण्डु टुडे २०८१ असोज १३ गते १०:५५ मा प्रकाशित

काभ्रे, १२३ असोज– रोशीमा आएको बाढीले बिपी राजमार्ग बगाउँदा बीच बाटोमै अलपत्र गरेका यात्रुको उद्धार सुरु भएको छ ।

नेपाली सेनाको हेलिकप्टरले आइतबार बिहान अत्यावश्यक खानेकुरा, औषधि र पिउने पानी उपलब्ध गराएको छ । सेनाले बिस्कुट, चाउचाउ, पानी र औषधि वितरण गरेको हो ।

बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा रोशी क्षेत्रमा पर्ने खुर्कोट, मुलकोट, नेपालथोक र मंगलटारमा काठमाण्डु जान लागेका र काठमाण्डुबाट हिंडेका करिब दुई हजार यात्रु दुई दिनदेखि अलपत्र थिए ।

खानेकुरा लिएर गएको सैनिक हेलिकप्टरले बाटैमा अलपत्र परेका गर्भवती, बिरामी, बालबालिका र ज्येष्ठ नागरिकालाई उद्धार गरी काठमाण्डु ल्याएको छ ।

क्रमशः अन्यलाई पनि उक्त क्षेत्रबाट उद्धार गरिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us