गाउँलेले लखेट्दै गरेको जंगली हात्तीबाट मारिए रामदल

काठमाण्डु टुडे २०८१ असोज १३ गते ११:०५ मा प्रकाशित

कञ्चनपुर, १३ असोज– कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।

लालझाडी गाउँपालिका–४ डाँडाजाईका ५० वर्षीय रामदल रानाको हात्ती आक्रमणमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कञ्चपुर प्रहरीका डिएसपी उमेश जोशीका अनुसार राति गाउँमा आएको हात्ती गाउँलेले खेदेका थिए ।

गाउँलेले खेद्दै गरेको हात्तीले रानालाई आक्रमण गरेको जोशीले बताए । हात्ती लखेट्ने क्रममा भएको भागदौडका बीचमा उनी हात्ती आक्रमणमा परेको स्थानीयले जनएका छन् ।

राति बेपत्ता भएका राना बिहान मृत फेला परेपछि गाउँलेले प्रहरीमा खबर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us