काठमाण्डु, १३ असोज– नौबिसे–नागढुंगा सडकखण्डअन्तर्गत धादिङको झ्याप्ले खोलामा थप तीन शव भेटिएको छ । उक्त शव उत्तरी गोरखाको लापुवेशीबाट छुटेको ना४ख २२७० नम्बरको बसमा सवारहरुको भएको हुन सक्ने अनुमान गरिएको छ । दरौदी यातायातको बस शुक्रबारदेखि हराएका थियो । बसमा चार जना सवार थिए...
काठमाण्डू, १३ असोज-नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उत्तरी गोरखाको लापुवेशीबाट छुटेको ना४ख २२७० नम्बरको बस भएको हुन सक्ने अनुमान गरिएको छ । सो बस विगत दुई दिनदेखि बेपत्ता भएको छ । बसको केही भाग मात्र देखिएको...
काठमाण्डू, १३ असोज-गोरखाबाट काठमाण्डु हिंडेको यात्रुबस विगत दुई दिनदेखि बेपत्ता भएको छ । उत्तरी गोरखाको लापुवेशीबाट छुटेको ना४ख २२७० नम्बरको बस धार्चेसम्म पुगेको सूचना पाएको दरौदी यातायात सेवा कम्पनी प्रा.लि. ले जनाएको छ । प्रालि अध्यक्ष नारायण खत्रीले शुक्रबार राति १० बजे चालकसंग सम्पर्क...
काठमाण्डू, १३ असोज– कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाढीपहिरोका कारण उत्पन्न विपदपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न १ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइएको सिंहको निजी सचिवालयले जनाएको छ । भारी वर्षापछिको बाढीपहिरोबाट भएको जनधनको क्षति ,...
काठमाण्डू, १३ असोज-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ । अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न उनले आइतबार बिहान १० बजे बस्ने गरी शनिबार राति सर्वदलीय बैठक आव्हान गरेका थिए । सरकारले राहत तथा...
महोत्तरी, १३ असोज-बाढी हेर्न गएका दुई युवकको बगेर मृत्यु भएको छ । बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङ र १६ वर्षीय रोहित साहको बाढीले बगाएर मृत्यु भएको हो । उनीहरुको स्थानीय सोनीखोलाको बाढीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ...
काठमाण्डू, १२ असोज- बाढी, पहिरो र डुबानबाट शनिबार रातिसम्म देशका विभिन्न स्थानमा ९० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डिआईजी...
ललितपुर, १२ असोज– ललितपुरको सानेपास्थित विद्युतीय पोलमा आगलागी भएको छ । बल्खु खोला नजिकै विद्युतीय पोलमा शनिबार राति सवा ८ बजेतिर विद्युत सट भएर आगलागी भएको हो । प्रहरीले दमकल बोलाएर आयो निभाइएको जनाएको छ ।...
मनाङ, १२ असोज– हिमाली जिल्ला मनाङमा हिमपात भएको छ । माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा शनिबार हिमपात भएको हो । हिउँ पर्ने समय नहुँदै हिमपात सुरु भएपछि चिसो बढेको छ । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले हिमपातका कारण...
सोलुखुम्बु, १२ असोज–सोलुखुम्बुमा पहिरोमा परी थप तीन जनाको मृत्यु भएको थियो । यसअघि सोलुमा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड नगरपालिका–९ छेवाडाँडामा पहिरोमा परी तीन जनाको मृत्यु भएको सोलु प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताए । पहिरोमा पुरिएर तनि जनाको...
काठमाण्डु, १२ असोज– सरकारले आइतबारदेखि ३ दिनसम्म विद्यालय बन्द गर्न देशभरका सबै स्थानीय तहलाई आग्रह गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्को अध्यक्षतामा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले विश्वविद्यालयसहित सबै शैक्षिक संस्थाको परीक्षा स्थागित गर्ने तथा विद्यालय तीन दिनसम्म बिदा दिने निर्णय...
काठमाण्डु, १२ असोज– नागढुंगा–नौबिसे सडक खण्डमा पहिरोमा पुरिएर १४ जनाको ज्यान गएको छ । पहिरोबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार उद्धार टोलीले पहिरोमा फसेका तीनवटा बसबाट ती बस बाहिर निकालेका हुन्...