सोलुखुम्बु, १२ असोज–सोलुखुम्बुमा पहिरोमा परी थप तीन जनाको मृत्यु भएको थियो ।
यसअघि सोलुमा पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड नगरपालिका–९ छेवाडाँडामा पहिरोमा परी तीन जनाको मृत्यु भएको सोलु प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताए ।
पहिरोमा पुरिएर तनि जनाको मृत्यु भएको खबर आएको भए पनि सनाखत हुन बाँकी रहेको उनले जनाए । गिरीका अनुसार घटनास्थलमा प्रहरी पठाइएको छ ।
यसअघि दिउँसो सोही नगरपालिकाको वडा नम्बर–१० मा पहिरोमा परी दुई जनाले ज्यान गुमाएका थिए ।