काठमाण्डु, १३ असोज– नौबिसे–नागढुंगा सडकखण्डअन्तर्गत धादिङको झ्याप्ले खोलामा थप तीन शव भेटिएको छ ।
उक्त शव उत्तरी गोरखाको लापुवेशीबाट छुटेको ना४ख २२७० नम्बरको बसमा सवारहरुको भएको हुन सक्ने अनुमान गरिएको छ । दरौदी यातायातको बस शुक्रबारदेखि हराएका थियो ।
बसमा चार जना सवार थिए । सशस्त्र प्रहरीका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले पहिरोबाट शव निकालिए पनि सनाखत हुन बाँकी रहेको बताए ।
जेसिभीको सहायताले पुरिएको बस पहिरो खोतलेर बाहिर निकाल्ने प्रयास जारी छ । झ्याप्ले खोलामै यसअघि शनिबार माइक्रोबससँगै पुरिएका १४ जनाको शव भेटिएको थियो ।