काठमाण्डू, १३ असोज-नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ ।
उत्तरी गोरखाको लापुवेशीबाट छुटेको ना४ख २२७० नम्बरको बस भएको हुन सक्ने अनुमान गरिएको छ । सो बस विगत दुई दिनदेखि बेपत्ता भएको छ । बसको केही भाग मात्र देखिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । डोजर लगाएर पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए । यसअघि शनिबार सोही स्थानमा पुरिएका दुईवटा माइक्रो बसबाट १४ जनाएको शव निकालिएको थियो ।
गोरखाबाट शुक्रबार काठमाडौंबाट छुटेको तर सम्पर्कमा नरहेको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।