बाढीपहिरोमा परी ९० जनाको मृत्यु, ७१ जना बेपत्ता

काठमाण्डु टुडे २०८१ असोज १२ गते २२:०३ मा प्रकाशित

काठमाण्डू,  १२ असोज- बाढी, पहिरो र डुबानबाट शनिबार रातिसम्म देशका विभिन्न स्थानमा ९० जनाको मृत्यु भएको छ ।                                         सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डिआईजी कुमार न्यौपानेले ८७ जनाको मृत्यु भएको बताए । तर उनले सोलुखुम्बुमा पहिरोमा पुरिएर मृत्यु भड़का थप तीन जनाको संख्या जोडेका छैनन ।  काठमाण्डू उपत्यकामा तीन जिल्लामा मात्र ४८ जनाको मृत्यु भएको छ । काठमाण्डूमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा २९ र कोशी प्रदेशमा १३ जनाको मृत्यु भएको तथ्यांक छ ।

उपत्यकामा २१, बागमतीमा ३९ कोशीमा ९, लुम्बिनीमा २ र मधेश प्रदेशमा १ गरी ७१ जना बेपत्ता छन् ।

उपत्यकापछि सबैभन्दा बढी काभ्रेमा १४ जनाको मृत्यु भएको छ । यस्तै मकवानपुरमा सात, पाँचथरमा पाँच, सिन्धुपाल्चोकमा चार, दोलखामा तीन, सोलुखुम्बुमा ५ र धनकुटामा दुईजनाले ज्यान गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us