वर्षा रोकियो, तर सप्तकोशीमा बढ्को बढ्यैछ बाढी

काठमाण्डु टुडे २०८१ असोज १३ गते १०:१२ मा प्रकाशित

सुनसरी, १३ असोज– सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दो छ ।

सप्तकोशीमा पानीको बहावले अति खतराको सूचक पनि पार गरेको छ । सप्तकोशीमा ६ लाख ६१ हजार २ सग ९५ क्युसेक पानी मापन गरिएको छ ।

शनिबार रातिबाट वर्षात रोकिएको भए पनि सप्तकोशीमा भने पानीको बहाव थप बढ्दै गएको छ । लेदोयुक्त बाढी आइरहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

उनका अनुसार कोशी ब्यारेजको माथिबाट पानी बगिरहेको छ । ब्यारेजबाट सवारी साधन र मानिसको आवतजावत रोकिएको छ ।

स्थानीय प्रशासनले एम्बुलेन्स, दमकल, शवबाहन लगायत अत्यावश्यक सवारीबाहेक सवारी साधन चलाउन रोक लगाएको छ ।

पानीले सतर्कता तह पार गरेपछि ब्यारेजका सबै ५६ वटै ढोका शनिबार नै खोलिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us