काठमाण्डु, १३ असोज– काठमाण्डुको तिलगंगामा एक जनाको शव भेटिएको छ । काठमाण्डु महानगरपालिका–८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा शव फेला परेको सशस्त्र प्रहरी टोलीले जनाएको छ ।
सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला परेको प्रहरीले जानकारी दिएको छ । उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।