समाचार

बाढिपहिरो प्रकरणः लापरबाही गरेको आरोपमा हटाइए काभ्रे र धादिङका सिडिओ

२०८१ असोज १४ गते ९:०६

काठमाण्डु, १४ असोज-गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी हटाएको छ । बाढीपहिरो र डुबानको प्रकोपमा उद्धारमा हेल्चेक्राईं गरेको भन्दै धादिङका सिडिओ राजेन्द्रदेव पाण्डे र काभ्रेका सिडिओ सूर्य प्रसाद सेढाइँलाई गृहमन्त्राल तानिएको हो । गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई...

दसैंको टीकाको शुभसाइत सार्वजनिक, कुन देशका लागि कति बजे ?

२०८१ असोज १४ गते ८:४२

काठमाण्डु, १४ असोज-अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको  टीकाको साइत सार्वजनिक गरेको छ । समितिले  काोठमाण्डुका लागि असोज २६ गते बिहान ११:३६ बजेको शभुसाइत रहेको जनाएको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२ बजे, न्यूयोर्क अमेरिकाका लागि १२...

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ सय ८८ पुग्यो

२०८१ असोज १४ गते ८:३७

ौकाठमाण्डु, १४ असोज-अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । नागढुंगा मुनि झाप्ले खोलामा मात्र पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । उपत्यकामा ७९, बागमती प्रदेशमा ८५, कोशीमा २१ र...

जेल गए कँडेल र ढुंगाना

२०८१ असोज १३ गते २२:२२

काठमाण्डू, १३ असोज- अदालतको अबहेलनामा दोषी ठहर भएका सिधा कुरा’ डटकमका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल चलान भएका छन् । सर्वोच्च अदालतको ९ सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय...

नागढुंगाबाट काठमाण्डू भित्रन र बाहिरिन थाले गाडी

२०८१ असोज १३ गते २०:४९

काठमाण्डू, १३ असोज- नागढुंगा-नौबिसे सडक खण्डअन्तर्गत धादिङको झ्याप्लेमा पहिरोका कारण अवरुद्ध सडक दुईतर्फी सन्चालनमा आएको  छ । पहिरो पन्छाएर आइतबार रातिदेखि सडक दुईतर्फी खुलेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो...

खोलाले बगाएर युवतीको मृत्यु

२०८१ असोज १३ गते २०:१३

उदयपुर, १३ असोज– उदयपुरको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो । हिसिला साँझ...

बागमती पुलमा शव भेटियो

२०८१ असोज १३ गते २०:११

काठमाण्डु, १३ असोज– बागमती नदी पुलमा अड्किएको अवस्थामा एएटा शव भेटिएको छ । काठमाण्डु महानगरपालिका–८ तिलगंगास्थित क्रियापुत्री घर पछाडि रहेको बागमती नदीको पुलमा अड्किएको अवस्थामा शव भेटिएको काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ...

हराएका बालक मृत भेटिए

२०८१ असोज १३ गते २०:०८

सप्तरी, १३ असोज– सप्तरी, राजविराज नगरपालिका—८ बाट हराएका आठ वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् । शुक्रबारदेखि हराएका प्रिन्सकुमार साह घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनी माछा मार्न जान्छु भनेर हिँडेका...

सिधाकुरा अनलाइनले अदालतको अपहेलना गरेको ठहर, प्रकाश र सम्पादकलाई तीन महिना जेल सजायको फैसला

२०८१ असोज १३ गते २०:०५

काठमाण्डु, १३ असोज– सर्वोच्च अदालतले सिधाकुरा डटकम नामक अनलाइनले अदालतको अवहेलना गरेको ठहर गरेको छ । आइतबार बसेको सर्वोच्चको पूर्णइजलासले फेक अडियो बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना तथा सिधाकुराका प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन÷तीन कैद सजाय हुने फैसला सुनाएको हो ।...

माओवादी निस्कर्षः विपदबाट जनधनको ठूलो क्षति हुनुमा सरकारको अक्षमता कारक

२०८१ असोज १३ गते १९:५२

काठमाण्डु, १३ असोज– माओवादी केन्द्रले बाढीपहिरो र डुबानबाट भएको क्षतिको तथ्यांक संकलनका लागि हेल्पडेस्क राख्ने भएको छ । ललितपुरको खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आइतबार साँझ बसेको पदाधिकारी बैठकले कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा हेल्प डेस्क राख्ने निर्णय गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए...

फुटबलर बन्ने छोराको सपना सिस्नेरीमा अस्ताएपछि शोकमा छन् माओवादी नेता घलान

२०८१ असोज १३ गते १९:३१

मकवानपुर, १३ असोज– माओवादी केन्द्रका मकवानपुरका युवा नेता ललित घलानलाई पुत्र शोक परेको छ । जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्षसमेत रहेका घलानका छोरा १३ वर्षीय अनुपमको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साथीहरुसँगै पहिरोमा पुरिएर मृत्यु भएको हो । स्थानीय वत्सलादेवी माविमा अध्ययन सँगै अखिल नेपाल...

उपत्यकामा मात्र मृतकको संख्या ५२ पुग्यो

२०८१ असोज १३ गते १८:५८

काठमाण्डु, १३ असोज– भारी वर्षासँगैको बाढीपहिरो र डुवानका कारण काठमाण्डु उत्यकामा मात्र ५२ जनाको ज्यान गएको छ । बाढीपहिरोले उपत्यकामा मृत्यु हुनेको संख्या ५२ पुगेको काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले बताए । घिमिरेले यो आइतबार साँझ ६ बजेसम्मको तथ्यांक भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us