सप्तरी, १३ असोज– सप्तरी, राजविराज नगरपालिका—८ बाट हराएका आठ वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबारदेखि हराएका प्रिन्सकुमार साह घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
उनी माछा मार्न जान्छु भनेर हिँडेका थिए । उनी हराएपछि प्रहरी र स्थानीयको प्रयासपछि शनिबार मृत अवस्थामा भेटिएका सप्तरी युथ नेपालका मोहनकुमार यादवले जानकारी दिए ।