काठमाण्डु, १३ असोज– कांग्रेसले प्राकृतिक विपत र त्यसले जनधनमा पुर्याएको क्षतिबारे सरकारसँग ब्रिफिङ लिएको छ ।
आज (आइतबार) सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीको बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग कांग्रेसले ब्रिफिङ लिएको हो ।
लगातार परेको पानी र त्यसको कारण आएको बाढी पहिरो लगायतका कारणले जनताले ज्यान गुमाउनुपरेकोमा सरकारसँग यथार्थ विषय माग गरिएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिएका छन ।
पूर्वजानकारी हुँदा पनि किन यति धेरैले ज्यान गुमाए भन्ने प्रश्न कांग्रेस नेताहरूले कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ मागेका थिए ।
जवाफमा पार्टीबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले ३३ सय बढी व्यक्तिलाई उद्धार गरेको जानकारी गराएको ति पदाधिकारीले जानकारी दिए ।
समयमै उद्धार नगरेको भए ‘विज्ञले भनेजस्तै थप ३३ प्रतिशत क्षति रोक्न सफल भएको’ भन्ने जवाफ उनले दिएका थिए ।
वर्षात् हुन्छ भन्ने पूर्वानुमान भएको अवस्थामा यति धेरै जनधनको क्षति किन भयो भन्ने प्रश्न उठिरहेको छ ।
यही विषयमा पार्टीलाई जवाफ दिँदै गृहमन्त्री रमेश लेखकले भने प्रयत्न गरे पनि साधन स्रोतको अभावका कारण उद्धार कार्यमा कठिनाइ भएको जानकारी दिएका थिए ।