झ्याप्ले खोला पहिरोः अहिलेसम्म २७ जनाको शव निकालियो

काठमाण्डु टुडे २०८१ असोज १३ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, १३ असोज– झ्याप्ले खोला पहिरोमा पुरिएका बसहरूबाट २७ जनाको सब निकालिएको छ। नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको टोलीले नागढुङ्गा भन्दा मुनि रहेको झ्याप्ले खोलामा गएको पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोबाट अहिलेसम्म २७ जनाको शव निकालिएको धादिङ प्रहरी प्रमुख गौतम केसीले जानकारी दिएका छन । हिजो शनिबार १४ जना र आज बिहान १३ जनाको सब निकालिएको उनले जानकारी दिएका छन । पहिरोले तीनवटा जति बस पूर्णरुपमा पुरेको अनुमान रहेको छ ।

डोजर स्काभेटर लगायतका उपकरणहरू प्रयोग गरेर अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख गौतमले जानकारी दिएका छन । माथिबाट ठुलो पहिरो खसेको देखिन्छ र पहिरोले छ सातवटा सवारी साधनमा क्षति पुर्याएको छ। वस पुरीएको भगनावेश हटाउन र मृतकहरूको थप उद्धार गर्नका लागि सुरक्षाकर्मीहरू यहाँ परिचालन गरिएको उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us