काठमाण्डु, १३ असोज– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा भेटिएको छ । आइतबार बिहान थप एउटा बस पुरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिएका छन ।
उनले भने, ‘बस पुरिएको जस्तो देखिएको छ। जिल्ला प्रहरी कार्यालयबाट एसपीकै नेतृत्वमा प्रहरीहरू त्यहाँ पुग्दै हुनुहुन्छ ।’ त्यहाँ अरू पनि गाडीहरू पुरिएको हुनसक्ने उनले जानकारी दिएका छन । उनले भने, ‘ गाडीहरूको लाइन हुने ठाउँ हो। पहिरो जाँदा कति गाडी थिए। थप खोजी हुँदैछ ।’