काठमाण्डु, १३ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बाढी पहिरोमा फसेकाहरुको तत्काल उद्धार र राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव नेपालले आइतबार दिउँसो वक्तव्य जारी गर्दै उद्धार र राहत कार्यलाई जोड दिन माग गरेका हुन् ।
‘बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहत, घाइतेको निशुल्क उपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन र अवरुद्ध सडकहरुको मर्मत संभार गर्न समेत हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ’, वक्तव्यमा उल्लेख छ ।