कांग्रेस सांसदहरुले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

काठमाण्डु टुडे २०८१ असोज १३ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, १३ असोज– आज (आइतबार) सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसका सांसदहरुले १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितहरुलाई दिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दल, कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुको १५ दिनको पारिश्रमिक राहतका लागि सरकारलाई प्रदान गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन ।

बैठकले सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी लगायतका आवश्यक पूर्वाधार यथाशिघ्र पुनःर्निर्माण गर्न सरकारलाई अनुरोध गरेको छ ।

साथै बाढी पहिरोमा परेर घरबारविहीन भएकाहरुको उचित पुनस्र्थापना गर्न पनि आग्रह समेत गरेको ति नेताले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us