प्रधानमन्त्रीको असंवेदनशील टिप्पणीःपहिरोले पूर्वसूचना दिंदैन

काठमाण्डु टुडे २०८१ असोज १४ गते १७:३१ मा प्रकाशित

काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओलीले पूर्वसूचना दिएर पहिरो नजाने टिपप्णी गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा जाँदैन वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले प्रदान गरेको बताए । सरकारले आफ्नो क्षमताअनुसार काम गरेको भए पनि विरोधका लागि विरोध गर्नेले सरकारमाथि औंला उठाएको उनको भनाइ थियो ।

‘विरोधका लागि विरोध होला सरकारले गर्नेसम्मको प्रयास गरेको छ । तत्काल बैठक बसेर, सेना, प्रहरी परिचालन गरेको छ । बाढी आउने कुरालाई रोक्न सकिँदैनथ्यो । त्यसमा सरकारले तदारुकताका साथ काम गर्ने हो,’ ओलीले भने, ‘मैले पाएको जानकारीअनुसार आफ्नो बुताअनुसार काम गरेको छ, विरोधका लागि विरोध गर्ने होइन ।’

आफू विदेशमा हुँदा पनि नेपालमा भइरहेका घटनाको जानकारी लिएको ओलीले बताए । आफू नेपाल आइसकेको र अब अझ प्रभावकारी ढंगले काम अगाडि बढाउने ओलीले प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us