प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाण्डु टुडे २०८१ असोज १४ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, १४ असोज– गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज सोमबार स्वदेश फिर्ता भएका छन ।

उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए । स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक समेत बोलाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us