सहकारीको २ अर्ब ठगेर भागेका एमाले नेताको बयानः सम्पत्ति बेचेर सर्वसाधारणको पैसा फिर्ता गर्छु

काठमाण्डु टुडे २०८१ असोज १४ गते २०:२७ मा प्रकाशित

बागलुङ, १४ असोज– सहकारी बचतकर्ताको रकम ठगी गरी भागिरहेकै अवस्थामा पक्राउ परेका एमाले नेता एवं ढोरपाटन नगरपालिकाका

मेयर देवकुमारले जायजेथा बेचेर हिनामिना गरेको बचत फिर्ता गर्ने बताएका छन् । जिल्ला अदालत बागलुङले उनीसँग सोमबार बयान लिएको थियो ।

न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासमा नेपालीले आफूले सहकारीको रकम अपचलन गरेको विषय अस्वीकार गरेनन् ।

नेपालीले सम्पत्ति बेचेर सहकारीको बचत रकम फितौ गर्ने प्रतिबद्धता जनाएको अदालत श्रोतले जनाएको छ ।

नेपाली आफैंले पोखरा र बागलुङमा सञ्चालन गरेको इमेज बचत तथा ऋण सहकारीको २ अर्ब रकम ठगी गरी भागेका थिए ।

नेपालीले सहकारीको बचलत अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विषेश समितिमा पत्र पठाउँदै सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता दिने प्रतिबद्धता जनाएका थिए ।

भारतको नयाँदिल्लीमा कुलेर बसेका उनलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएको थियो ।

बयान नसकिएकाले मंगलबार मात्र अदालतले थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्नेबारे आदेश दिने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us