मलेखु नजिकै पहिरो, पृथ्वी राजमार्ग फेरि अवरुद्ध

काठमाण्डु टुडे २०८१ असोज १४ गते २१:०२ मा प्रकाशित

धादिङ, १४ असोज– पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ परेवा भीरमा सुख्खा पहिरो गएको छ ।

। सोमबार राति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएको स्थान मलेखु बजार नजिकै पर्छ ।

शुक्रबार र शनिबार वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध थियो ।

नौबिसे–नागढुंगा नजिकै झ्याप्ले खोलामा गएको पहिरो पन्छाएसँगै सोमबारदेखि यातायात सुचारु भएका थिए ।

तर, राजमार्ग फेरि अवरुद्ध भएपछि काठमाण्डुबाट बाहिरिएका र काठमाण्डु आउँदै गरेका सवारी साधन रोकिएका छन् ।

पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भए पनि पहिरो खस्न नरोकिएको धादिङ प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us