सिंहदरबारमा एमाले संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८१ असोज १५ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यलमा केहिबेर अधि मात्रै सुरु भएको एमालेका एक नेताले जानकारी दिएका छन ।

आजको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणको जानकारीका साथै बाढी पहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ ।

आजै बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय समेत गरीसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us