काठमाण्डु, १५ असोज– कैलालीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बा९५प ९२५२ र से६ प६२७९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ मा आसपमा ठोक्किएको प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका प्रवक्ता डिएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा कञ्चनपुर शुक्लाफाँटाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको छ ।
मल्ल दसैं मनाउन काठमाण्डुबाट घर जाँदै थिए । दुवै शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।