बाढीपहिरोमा मृत्यु हुनेको संख्या २ सय १७ पुग्यो

काठमाण्डु टुडे २०८१ असोज १५ गते ८:०४ मा प्रकाशित

काठमाण्डु, १५ असोज– बिहीबारदेखि शनिबार साँझसम्म भएको भारी वर्षापछिको बाढीपहिरो र डुबानमा परी हालसम्म २ सय १७ जनाको ज्यान गएको छ ।

२८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता ऋषिराम तिवारीले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरे ।

उनले खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भएको उल्लेख गरे ।

प्रवक्ता तिवारीले अवरुद्ध राजमार्ग सुचारु गराउने प्रयास भइहेको र घाइतेको निःशुल्क उपचार गरिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us