समाचार

एमाले सचिवालय बैठकको निष्कर्षः सरकार ठिक ढंगले चलेको छ

२०८१ कार्तिक २४ गते १६:१८

काठमाण्डु, २४ कात्तिक– आज शनिबार बसेको एमाले सचिवालय बैठकले सरकार ठिक ढंगले अघि बढिरहेको निष्कर्ष निकालेको छ । आज एमाले मुख्यालय च्यासलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको सचिवालय बैठकले सरकारको ४ महिने कार्यकालको समीक्षा गरेको हो । बैठकमा कांग्रेससँगको गठबन्धनबिचको...

उपनिर्वाचनमा सम्पूर्ण शक्तिका साथ परिचालन हुन एमालेको निर्देशन

२०८१ कार्तिक २४ गते १६:०९

काठमाण्डु, २४ कात्तिक– सत्ता घटक दल एमालेको सचिवालय बैठकले आगामी १६ मङ्सिरमा ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ । आज (शनिबार) एमाले मुख्याल च्यासलमा बसेको सचिवालय बैठकले स्थानिय तहको उपनिर्वाचनका लागि...

गौतमवुद्ध विमानस्थलमा फ्लाइ दुबइको जहाज अवतरण

२०८१ कार्तिक २४ गते १५:५४

काठमाण्डु, २४ कात्तिक– गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दोस्रो विमान पनि अवतरण गरीएको छ । आज शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण गरीएको विमानस्थल स्रोतले जानकारी दिएको छ । दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा...

पूर्वमन्त्री लीलावल्लभ अधिकारी एमालेको सङ्गठित सदस्यबाट निलम्बित

२०८१ कार्तिक २४ गते १५:०८

काठमाण्डु, २४ कात्तिक– जापान भ्रमणका विषयमा विवाद भएपछि मन्त्रीबाट राजीनामा दिएका कोशीका निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीलाई एमालेले सङ्गठित सदस्यबाट पनि निलम्बित गरेको छ । आज (शनिबार) बसेको एमाले कोशी प्रदेशको बैठकले अधिकारीलाई आरोपको अन्तिम निरूपण नभएसम्मको लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी...

सहकारी ठगी होस् कि मानव तस्करी, सजाय हुनुपर्छ: महामन्त्री थापा

२०८१ कार्तिक २४ गते १४:४७

काठमाण्डु, २४ कात्तिक– पूर्व मन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन । आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता...

पोखराबाट लागु औषधसहित ४ जना पक्राउ

२०८१ कार्तिक २४ गते १४:२५

काठमाण्डु, २४ कात्तिक– प्रहरीले पोखराबाट लागु औषध कारोबार गरिरहेका ४ जनालाई पक्राउ गरेको छ । पोखरा २ बागलुङ बसपार्कबाट उनीहरूलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । लागु औषधको कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले खानतलासी गर्दा सूचना पुष्टि भएको प्रहरीले जानकारी दिएको छ...

बागलुङमा दम्पती मृत फेला

२०८१ कार्तिक २४ गते १४:१३

काठमाण्डु, २४ कात्तिक– बागलुङको बडिगाडमा एक दम्पती मृत अवस्थामा फेला परेका छन । बागलुङको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत भेटिएको बागलुङ प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको...

इजिप्ट भ्रमणबाट फर्किए उपप्रधानमन्त्री सिंह

२०८१ कार्तिक २४ गते १४:०४

काठमाण्डु, २४ कात्तिक– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराएको बताएका छन । आज (शनिबार) इजिप्टको कायरोमा सम्पन्न वर्ल्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका...

प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन

२०८१ कार्तिक २४ गते १३:५१

काठमाण्डु, २४ कात्तिक– प्रहरीको लापरबाहीका कारण दुर्घटना बढेको भन्दै सुर्खेतमा विरोध प्रर्दशन गरेका छन । शुक्रबार दैलेख र सुर्खेतको सिमाना रातानाग्ला गाडी दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आन्दोलन गरेका हुन् । रातानाग्लामा दुर्घटना भएको १५ सिटको गाडीमा ३४ जना सवार...

रास्वपाको केन्द्रीय समिति बैठक जारी

२०८१ कार्तिक २४ गते १३:३३

काठमाण्डु, २४ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन । आजको बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम...

२ घण्टा ढिला गरी एमाले सचिवालय बैठक सुरु

२०८१ कार्तिक २४ गते १३:२७

काठमाण्डु, २४ कात्तिक– सत्ता घटकदल एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । एमाले मुख्यालय च्यासलमा शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सचिवालयको ४० औँ बैठक २ घण्टा ढिलो गरी सुरु भएको एक नेताले जानकारी दिएका छन । बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न...

रविलाई बेवास्ता गरिएको भन्दै पार्टी कार्यालय घेर्न पुगे रास्वपाका समर्थक

२०८१ कार्तिक २४ गते १३:१५

काठमाण्डु, २४ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ । पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन पार्टी मुख्यालयमै पुगेका छन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us