गौतमवुद्ध विमानस्थलमा फ्लाइ दुबइको जहाज अवतरण

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दोस्रो विमान पनि अवतरण गरीएको छ ।

आज शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण गरीएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरीउको हो । यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् ।

बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाण्डु आउनेछ । भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ ।

गौतमवुद्ध विमानस्थलबाट यो हप्ता आइतबार, बुधबार, शुक्रबार र शनिबार २–२ र सोमबार, मंगलबार र बिहीबार ३–३ उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us