इजिप्ट भ्रमणबाट फर्किए उपप्रधानमन्त्री सिंह

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालले शहरीकरणमा भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराएको बताएका छन ।

आज (शनिबार) इजिप्टको कायरोमा सम्पन्न वर्ल्ड अर्बान फोरममा सहभागी भएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन ।

उपप्रधामन्त्री सिंहले भ्रमण उपलब्धीमूलक भएको पनि बताएका छन । शहरी विकासका क्षेत्रमा भइरहेको कामबाट नेपालसँग सहकार्य गरिररहेका एजेन्सीले सन्तोग मानेको पनि उनले बताए ।

आगामी दिनमा शहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी हुने उपप्रधानमन्त्री सिंहको भनाइ छ । उनले कायरोमा सम्पन्न फोरममा नेपालले शहरीकरणको क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us