काठमाण्डु, २४ कात्तिक– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन ।
आजको बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन ।
साथै आजको बैठकमा आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने पनि ति नेताले जानकारी दिएका छन ।