उपनिर्वाचनमा सम्पूर्ण शक्तिका साथ परिचालन हुन एमालेको निर्देशन

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १६:०९ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– सत्ता घटक दल एमालेको सचिवालय बैठकले आगामी १६ मङ्सिरमा ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन जारी गरेको छ ।

आज (शनिबार) एमाले मुख्याल च्यासलमा बसेको सचिवालय बैठकले स्थानिय तहको उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन । उनले भने,‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।

सो निर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिइएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us