काठमाण्डु, २४ कात्तिक– बागलुङको बडिगाडमा एक दम्पती मृत अवस्थामा फेला परेका छन । बागलुङको बडिगाड गाउँपालिका–१० निगलपानीका २२ वर्षीय जीवन परिवार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत भेटिएको बागलुङ प्रहरीले जानकारी दिएको छ ।
बिहीबार साँझसँगै खाना खाएर सुतेका दम्पतीको मृत्युले सिङ्गो गाउँ नै शोकमा परेको छ । गाउँलेले प्रहरीलाई खबर गरेपछि शव उठाएर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिएका छन ।
दुई वर्ष अगाडि विवाह गरेको परियार दम्पतीको एउटा छोरी रहेको पनि उनले जानकारी दिएका छन । अहिलेसम्म के भएर मृत्यु भएको पत्ता नलागेको भन्दै अनसन्धान गरिरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिएका छन ।