२ घण्टा ढिला गरी एमाले सचिवालय बैठक सुरु

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १३:२७ मा प्रकाशित


काठमाण्डु, २४ कात्तिक– सत्ता घटकदल एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । एमाले मुख्यालय च्यासलमा शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सचिवालयको ४० औँ बैठक २ घण्टा ढिलो गरी सुरु भएको एक नेताले जानकारी दिएका छन ।

बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र निर्माण र उपनिर्वाचनलगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।

बैठकमा कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण र त्यसक्रममा भएका कमजोरीबारे समेत छलफल हुने एमाले नेताहरूले जानकारी दिएका छन ।

अधिकारीले नक्कली कागजातका आधारमा आफूसँगै तीन जना मानिसलाई जापान लगेर मानव तस्करी गरेको आरोप लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us