समाचार

संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी छ: कांग्रेस नेता सिटौला

२०८१ कार्तिक २४ गते १२:३२

काठमाण्डु, २४ कात्तिक– राष्ट्रिय सभा सदस्य एवं काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी भएको बताएका छन । आज (शनिबार) काठमाण्डुमा गणेशमान सिंहको ११० औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले यस्तो बताएका हुन । उनले सबै एक...

कारागारबाट सुरुङ खनी फरार भएका यादव १२ वर्षपछि पक्राउ

२०८१ कार्तिक २४ गते १२:१८

काठमाण्डु, २४ कात्तिक– प्रहरीले सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक व्यक्ती लाई फरार भएको १२ वर्षपछि पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इनरुवा–५ बलहाका...

एमाले महासचिव पोखरेललाई भ्रातृशोक

२०८१ कार्तिक २४ गते १२:०७

काठमाण्डु, २४ कात्तिक– एमाले महासचिव तथा पूर्व मुख्यमन्त्री शंकर पोखरेललाई भ्रातृशोक परेको छ । महासचिव पोखरेलका दाजु देवी पोखरेलको गएराति ७४ वर्षको उमेरमा निधन भएको हो । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समेत रहेका स्व पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन ।...

माओवादी अध्यक्ष प्रचण्ड मकवानपुरमा

२०८१ कार्तिक २४ गते ११:५१

काठमाण्डु, २४ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुर पुगेका छन् । आज (शनिबार) थाहा नगरपालिकामा पार्टी निकट युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड मकवानपुर पुगेको स्रोतले जानकारी दिएको छ । प्रचण्डलाई चित्लाङमा स्थानीयवासीले स्वागत गरेका थिए ।...

मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ: राष्ट्रपति पौडेल

२०८१ कार्तिक २४ गते ११:३४

काठमाण्डु, २४ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन । आज शनिबार गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा काठमाण्डुमा आयोजित गणेशमान सिंह...

कैलालीबाट २ जना रिक्सा चालक पक्राउ

२०८१ कार्तिक २४ गते ११:१६

काठमाण्डु, २४ कात्तिक– प्रहरले कैलालीबाट सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । हिजो शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका–२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई पक्राउ गरिएको कैलाली प्रहरीले...

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने

२०८१ कार्तिक २४ गते ९:२६

ताप्लेजुङ, २४ कात्तिक- ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका प्रतिनिधिहरू तथा जिल्लावासीको...

मानव तस्करी प्रकरणः ‘मन्त्री हुँ’ भन्दै प्रहरीबाट उम्किए अधिकारी

२०८१ कार्तिक २४ गते ९:०१

काठमाण्डु, २४ कात्तिक– मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी त्रिभुवन विमानस्थलबाट प्रहरीलाई धम्क्याएर उम्किएका थिए । अधिकारीले आफू मन्त्री भएको भन्दै परिचयपत्र देखाएर विमानस्थलबाट निस्किएका थिए । अधिकारीलाई जापानको टोकियोस्थित विमानस्थल अध्यागमन कार्यालयले मानव तस्कर समूहसँगको साँठगाँठमा उनले...

आज केही स्थानमा पानी पर्ने

२०८१ कार्तिक २४ गते ८:४१

काठमाण्डु, २४ कात्तिक– देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, गण्डकी, कर्णाली...

एमाले सचिवालय बैठक बस्दै, मन्त्री मानव तस्करीमा मुछिएको विषय एजेण्डामै छैन

२०८१ कार्तिक २४ गते ८:३४

काठमाण्डु, २४ कात्तिक– सरकार नेतृत्वकर्ता एमाले सचिवालयको बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि सचिवालय बैठक बस्ने सो पार्टीले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा समसामयिक राजनीति र १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन तयारी लगायत...

उपत्यकामा दसैँ, तिहार र छठमा ३९ हजार चालकमाथि कारबाही

२०८१ कार्तिक २४ गते ७:५९

काठमाण्डू, २४ कात्तिक- काठमाण्डु उपत्यकामा दसैँ, तिहार र छठ पर्वको समयमा ३९ हजार ११७ चालकमाथि कारबाही गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैंको घटस्थापनादेखि शुक्रबार बिहानसम्ममा सडक लेन मिच्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कारबाही गरिएको हो । कार्यालयका प्रवक्ता एवं प्रहरी...

गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज

२०८१ कार्तिक २४ गते ७:५१

काठमाण्डु, २४ कात्तिक- प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थियो । विसं...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us