कैलालीबाट २ जना रिक्सा चालक पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते ११:१६ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– प्रहरले कैलालीबाट सुरक्षाकर्मीलाई मिलाउने भन्दै रकम असुली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । हिजो शुक्रबार गौरीफन्टा नाकाबाट आइरहेका गोदावरी नगरपालिका–२ अत्तरिया बस्ने २७ वर्षीय लोकेन्द्र ओझाबाट केही रकम लिएको आरोपमा दुई जना अटो रिक्सा चालकलाई पक्राउ गरिएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका–३ मिलनचोक बस्ने २५ वर्षीय मनोज बहेडी र धनगढी–२ चौराह बस्ने ३१ वर्षीय करन बोहरा रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले ओझाबाट नेपालतर्फका सुरक्षाकर्मीलाई पैसा दिनुपर्छ भनेर दुई हजार भारतीय रूपैयाँ लिएको पाइएपछि दुवै जनालाई सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म त्रिनगरको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us