समाचार

न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

२०८१ मंसिर ५ गते १४:३६

काठमाण्डु, ५ मंसिर– प्रहरीले न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भएकी २४ वर्षीया नबिना दाहाल रहेकी प्रहरीले जानकारी दिएको छ । आकर्षक तलब पाउनेगरी न्युजिल्याण्डमा पठाउँछु भनेर आरोपीले १ लाख...

राजधानीमा सहकारी पीडितहरुको विरोध प्रदर्शन

२०८१ मंसिर ५ गते १४:२५

काठमाण्डु, ५ मंसिर– आज बुधबार सहकारी पीडितहरुले काठमाण्डुमा विरोध प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान –महासंघ) को आयोजनामा पीडितहरुले देशको संघीय राजधानी काठमाण्डुमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोकबाट र्याली निकालेका थिए । सो र्याली माइतीघरमा...

सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु

२०८१ मंसिर ५ गते १४:२०

काठमाण्डु, ५ मंसिर–नवलपरासी जिल्लाको सुस्तामा ट्रकको ठक्करबाट साइकल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता १ बरुवा बस्ने वर्ष ६५ का रामजी नेपाली रहेको प्रहरीले जानकारी दिएको छ । सुस्ता गाउँपालिका– १ बरुवा स्थित भित्री सडक खण्डमा बर्दघाटबाट त्रिवेणी तर्फ जाँदै गरेको लु...

विस्तृत शान्ति सम्झौताबाट नयाँ युगको सूत्रपात भएको मान्न सकिन्छ: अध्यक्ष प्रचण्ड

२०८१ मंसिर ५ गते १३:५७

काठमाण्डु, ५ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता नेपालमा संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशिला भएको दबी गरेका छन । तत्कालीन नेपाल सरकार र विद्रोही नेकपा माओवादीबिच शान्ति सम्झौता भएको १८ वर्ष पुरा भएको अवसरमा...

दुर्गा प्रसाईँका १० जना समर्थक पक्राउ

२०८१ मंसिर ५ गते १३:५०

काठमाण्डु, ५ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका...

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ मंसिर ५ गते १३:४१

काठमाण्डु, ५ मंसिर– जिल्ला अदालत काठमाण्डुले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाण्डुकाका न्यायाधीश...

गभर्नरको एक वर्षको भत्ता ४४ लाख ९७ हजार

२०८१ मंसिर ५ गते १३:२८

काठमाण्डु, ५ मंसिर– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ रकम बुझेका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०.८१ को वार्षिक प्रतिवेदनअनुसार गभर्नरले एक वर्षमा १६ लाख ३२ हजार तलब बुझेका...

अदालत लैजाँदै गर्दा दुर्गा प्रसाईँले भने: यो तस्करसँगको लडाई हो

२०८१ मंसिर ५ गते १३:१३

काठमाण्डु, ५ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तस्करसँग आफ्नो लडाई जारी रहेको प्रतिक्रिया दिएका छन । अदालत लगिँदै गर्दा उनले प्रहरी घेराबाट भने, ‘तस्करसँगको लडाइँ हो है यो ।’ उनको आज...

स्थानीय तह उपनिर्वाचनः रुकुम पूर्वमा माओवादी केन्द्रले खोल्यो खाता, घर्ती निर्विरोध निर्वाचित

२०८१ मंसिर ५ गते १३:०९

काठमाण्डु, ५ मंसिर– स्थानीय तह उपनिर्वाचन अन्तर्गत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोल्न सफल भएको छ । रुकुम पूर्वको पुथाउत्तर गंगा गाउँपाकिलका–२ का माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादीका नेता तथा रुकुम पूर्वका सङ्घीय सांसद पूर्ण घर्तीले जानकारी दिएका छन ।...

स्थानीय तहको उपनिर्वाचनः आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

२०८१ मंसिर ५ गते १२:५७

काठमाण्डु, ५ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको आज बुधबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाश हुँदैछ । आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने चुनावी कार्यतालिका रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । उम्मेदवारलाई आजै दिउँसो ३ बजेदेखि ५ बजेसम्म...

राष्ट्र बैंकको सम्पत्ति २० खर्ब ६७ अर्ब

२०८१ मंसिर ५ गते १२:५५

काठमाण्डु, ५ मंसिर– नेपाल राष्ट्र बैंकको सम्पति गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षमा ३०.१५ प्रतिशतले वृद्धि भएको छ । २०८१ असारसम्म राष्ट्र बैंकको कुल सम्पत्ति २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख ७८ हजार पुगेको नेपाल राष्ट्र बैंक द्धारा जारी गरीएको वार्षिक...

रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै

२०८१ मंसिर ५ गते १२:३३

काठमाण्डु, ५ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बुधबार पनि बस्दैछ । मंगलबार बसेको बैठकले आन्दोलनको ठोस निर्णय लिन नसकेपछि रास्वपाले आज बैठक बोलाएको हो । अर्को चरणको विरोध प्रदर्शन गर्ने बताएको रास्वपाले त्यसको स्वरुपम तय गर्न बैठक बोलाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us