समाचार

अन्नपूर्ण क्षेत्र केन्द्रविन्दू भएर भूकम्प

२०८१ मंसिर ६ गते १३:१२

काठमाण्डु, ६ मंसिर– आज बिहिबार पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू भएर भुकम्प गएको छ । आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जानकारी...

कालिगण्डकी नदीमा बेपत्ता भएका एक जना मृत फेला

२०८१ मंसिर ६ गते १३:०८

काठमाण्डु, ६ मंसिर– गुल्मीको कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक जना मृत अवस्था फेला परेका छन । कालीगण्डकी गाउँपालिका वडा नम्बर २ ४९ बर्षीय अर्बेनिका न्यौपाने कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा २७ कात्तिकमा बेपत्ता भएको थिए । न्यौपानेको शव कालीगण्डकी नदीको ड्याममा...

बिजुली पोलमा पोस्टर टाँस्नेलाई काठमाण्डु महानगरले तिरायो १० हजार जरिबाना

२०८१ मंसिर ६ गते १२:३४

काठमाण्डु, ६ मंसिर– काठमाण्डु महानगरपालिकाले बिजुलीको पोलमा विज्ञापनको पोस्टर टाँस्नेलाई कारबाही गरेको छ । १६ वडाभित्र बिजुलीका पोलहरूमा पोस्टर टाँसेर फोहोर गरेको भन्दै महानगर प्रहरीले बुधबार हरि परियारलाई १० हजार जरिबाना तिराएको छ । महानगरले पछिल्लो समय पोलमा, सार्वजनिक स्थानको पर्खालमा, पुल लगायत स्थानमा...

अन्नपूर्ण दोस्रो केन्द्र भएर भूकम्प

२०८१ मंसिर ६ गते १२:२९

काठमाण्डू, ६ मंसिर- कास्की र मनाङको सीमा क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प  गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अन्नपूर्ण दोस्रोमा भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार बिहाबार बिहान १० बजेर १३ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प  गएको हो ।...

विदेश पठाउने भन्दै फेसबुकमा विज्ञापन गरेर ठगेको आरोपमा एक युवक पक्राउ

२०८१ मंसिर ६ गते १२:२२

काठमाण्डु, ६ मंसिर– प्रहरीले विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ हाल काठमाण्डुको तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल रहेका छन । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान...

उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा

२०८१ मंसिर ६ गते १२:१३

काठमाण्डु, ६ मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको अध्यक्षलाई उपराष्ट्रपति बनाउने गरी संविधान संशोधन हुने बताएका छन । आज (बुधबार) काठमाण्डु नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औँ स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै...

श्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पक्राउ

२०८१ मंसिर ६ गते ११:५३

काठमाण्डु, ६ मंसिर– प्रहरीले रौतहटको सदरमुकाम गौरस्थित राईस मिलको बाटोबाट प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको ६ लाख रुपैयाँसहित १ जना पैदल यात्रीलाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँचको क्रममा बुधवार साँझ गौर नगरपालिका १ का वर्ष ५४ को वीरेन्द्र कुमार जयसवालले लुकाई...

एमालेको प्रदर्शन तयारीमा रास्वपाको असन्तुष्टि

२०८१ मंसिर ६ गते ११:३८

काठमाण्डु, ६ मंसिर–रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता घटक दल एमाले आगामी ७ मंसिरमा गर्न लागेको मंसिरमा हुने प्रदर्शन प्रति असन्तुष्टि जनाएको छ । एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्न लागेको आशयका रूपमा बुझ्न सकिने दाबी रास्वपाका कार्यबाहक...

दुर्गा प्रसाईंको आरोपसँग जोडेर कम्बोडिया भ्रमणबारे प्रश्न उठेपछि राजन भट्टराईले दिए प्रष्टीकरण

२०८१ मंसिर ६ गते १०:०८

काठमाण्डु, ६ मंसिर– एमाले बागमती प्रदेश इन्चार्ज एवं स्थायी समिति सदस्य राजन भट्टराई कम्बोडिया प्रस्थान गरेका छन् । भट्टराई एमालेले शक्ति प्रदर्शनका लागि शुक्रबार राजधानीमा गर्न लागेको सभाका संयोजकसमेत हुन् । सभाको अन्तिम तयार हुँदै गर्दा संयोजनको जिम्मेवारी दिएका भट्टराई भने त्यसको एक दिनअघि...

ओलीले बोलाए काँग्रेससँगको विवादले रोकिएको मन्त्रिपरिषद बैठक

२०८१ मंसिर ६ गते ९:४९

काठमाण्डु, ६ मंसिर– प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । मन्त्रिपरिषद् बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने एक मन्त्रीे जानकारी दिए । आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआर आई) परियोजना अघि बढाउने सम्बन्धी समझदारीमा हस्ताक्षर...

रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी दर्ता

२०८१ मंसिर ५ गते १८:०५

काठमाण्डू ५ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीविरुद्ध चितवनमा पनि जाहेरी दर्ता भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्माले साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्था ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध पुरक जाहेरी परेको जानकारी दिए । गत ८...

पृथ्वीसुब्बा गुरुङ भन्छन्ः नेपालमा मन्त्री बन्न योग्यता चाहिंदैन, नेताले मन पराए पुग्छ

२०८१ मंसिर ५ गते १७:४८

काठमाण्डू ५ मंसिर- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने बताए । मन्त्रालय संचालनका लागि कुनै योग्यता चाहिने अभ्यास र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us