उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाउन संविधान संशोधन हुन्छः सभापति देउवा

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको अध्यक्षलाई उपराष्ट्रपति बनाउने गरी संविधान संशोधन हुने बताएका छन ।

आज (बुधबार) काठमाण्डु नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनको ३५ औँ स्थापना दिवसको अवसरमा संविधान कार्यान्वयनमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी छलफलमा भाग लिँदै सभापति देउवाले यस्तो बताएका हुन ।

सभापति देउवाले भारत लगायतका देशहरूमा पनि सोही व्यवस्था रहेको उल्लेख गर्दै र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्ने सहमति भइसकेको जानकारी दिएका छन ।

सभापति देउवाले प्रजातन्त्रको लागि आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै प्रजातन्त्रको विरुद्धमा संविधान संशोधन नहुने बताएका छन ।

सभापति देउवाले नेपालको प्रजातन्त्रलाई मर्न नदिने र बलियो बनाउने गरी डेमोक्र्याटिक लयर्स एशोसिएशनले कामहरू अघि बढाउनुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us