सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्ः पार्टी निर्णयको प्रतीक्षामा छु

काठमाण्डु टुडे २०८३ साउन १ गते ११:४७ मा प्रकाशित

काठमाण्डू, १ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टी केन्द्रको निर्णयअनुसार अघि बढ्ने बताएका छन ।

सुदूरपश्चिम सरकारमा सहभागि एमालेले समर्थन फिर्ता लिएर अल्पमतमा परेको र नेकपाले समेत मार्गप्रशस्त गर्न सुझाव दिएका बेला मुख्यमन्त्री शाहले पार्टी निर्णय अनुसार अघि बढ्ने बताएका छन ।

संविधानअनुसार कुनै दलले सरकारलाई दिएको सर्मथन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाका कारण शाह अल्पमतमा परेपनि सरकारको नेतृत्वम रहेका छन ।

प्रदेश सभामा रहेको ठूलो दल नेकपाले शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय नै गरिसकेको छ ।

कांग्रेसले सबै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य तोड्ने निर्णय गरिसकेको छ । यस्तो अवस्थामा शाहले निकास दिनुपर्ने आवाज उठ्न थालेको छ ।

तर उनी भने अहिले राजनीतिक परस्थिति विकसित नभइसकेका कारण तत्काल पदबाट राजीनामा नदिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us