काठमाण्डु, ६ मंसिर–रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्ता घटक दल एमाले आगामी ७ मंसिरमा गर्न लागेको मंसिरमा हुने प्रदर्शन प्रति असन्तुष्टि जनाएको छ ।
एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्न लागेको आशयका रूपमा बुझ्न सकिने दाबी रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन ।
आज बसेको केन्द्रीय समितिको बैठकपछि झाले भने, ‘सत्ता पक्षले डेलिभर गर्ने काम हो । तर, के भइरहेको छ, उहाँहरूले सडकमा आएर जनप्रदर्शन गर्ने रे प्रधानमन्त्रीको पार्टीले ।’
एमालेले गर्न लागेको प्रदर्शनको स्थान प्रति समेत रास्वपाले असन्तुष्टि व्यक्त गरेको छ । व्यावसायिक रूपमा महत्त्वपूर्ण स्थानमा एमालेको प्रदर्शन गर्दा पार्ने प्रभावबारे झाले प्रश्न समेत गरेका छन ।
नागरिकको दैनिकी नै प्रभावित हुने गरी सरकारमा रहेको दलले प्रदर्शन गर्नु अनुपयुक्त हुने झाको तर्क समेत गरेका छन ।