समाचार

नेपाल एयरलाइन्सले घटायो हवाई भाडा

२०८१ मंसिर ६ गते १७:२४

काठमाण्डु, ६ मंसिर– नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय सेक्टरको भाडादरमा छुट दिन सुरु गरेको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन सुरु गरेको छ । निगमले आज बिहीबार एक विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड...

भाइले गरे ५६ वर्षीय दाइको हँसिया प्रहार गरी हत्या

२०८१ मंसिर ६ गते १७:१६

काठमाण्डु, ६ मंसिर– दैलेखमा भाइले हँसिया प्रहार गरी दाईको हत्या गरेका छन । दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या गरेका हुन । भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले उनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । भुवनसिंहले...

सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छः नारायणकाजी श्रेष्ठ

२०८१ मंसिर ६ गते १६:४१

काठमाण्डु, ६ मंसिर– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन । आज बिहीबार सहकारी पीडितहरूले काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारबाही गर्दै बचतकर्ताको बचत रकम...

बसन्तनगरस्थित क्लासिकल होटलमा एक जना मृत अवस्थामा भेटिए

२०८१ मंसिर ६ गते १६:३४

काठमाण्डु, ६ मंसिर– काठमाण्डुको क्लासिकल होटलमा एक जनाको शव फेला परेको छ । काठमाण्डु महानगरपालिका–१६ माछापोखरी बसन्तनगरस्थित क्लासिकल होटलमा एउटा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक बिहीबार मृत अवस्थामा शव फेला परेको प्रहरीले...

मिटरब्याज असुलेको आरोपमा नेकपा बहुमतका कार्यकर्ता द्धारा व्यवसायीमाथि चक्कु प्रहार

२०८१ मंसिर ६ गते १६:२६

काठमाण्डु, ६ मंसिर– नेकपा बहुमतका कार्यकर्ताले मिटर ब्याज असुलेको आरोप लगाउँदै दाङ घोराहीका एक व्यवसायीमाथि आक्रमण गरेका छन । आज (बिहीबार) बिहान घोराहीको विपी चोकस्थित सञ्जिवनी कलेजका शिक्षकसँग ऋण असुल्न गएका बेला नेकपा बहुमतका कार्यकर्ताले धनबहादुर बस्नेतको नाकमा चक्कु प्रहार गरेको खुलेको प्रहरीले जानकारी...

सेयर बजारका सबै सूचक घटे, सवा ८ अर्बको कारोबार

२०८१ मंसिर ६ गते १५:४०

काठमाण्डु, ६ मंसिर– साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाली बजारमा सेयर बजार परिसूचक (नेप्से) ३१.३१ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज –नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो । आज बजारमा सेयर बजारमा १ करोड...

सहकारी ठगी प्रकरणः छविलाल जोशीको बयान जारी

२०८१ मंसिर ६ गते १५:३३

काठमाण्डु, ६ मंसिर– काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा उनको बयान जारी रहेको स्रोतले जानकारी दिएको छ । मंगलबार साँझ पोखराबाट काठमाण्डु ल्याइएका जोशीको बुधबारबाट बयान लिन सुरु गरिएको...

राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुखलाई मानार्थ महारथी प्रदान

२०८१ मंसिर ६ गते १५:२६

काठमाण्डु, ६ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेका छन । आज (बिहिबार) राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहकाबीच सेनापति द्विवेदीलाई द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले उक्त दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सो...

११ जिल्ला न्यायाधीशको सरुवा

२०८१ मंसिर ६ गते १४:३३

काठमाण्डु, ६ मंसिर– न्यायपरिषद्ले ११ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । न्यायपरिषद्को हिजो बुधबार बसेको बैठकले उनीहरुको सरुवा गरेको छ । हिजोको बैठकले भक्तपुरमा मुकाम रहने गरी गठन हुन लागेको बाल अदालतका लागि न्यायाधीशलाई जिम्मेवारी तोकेको छ । उच्च अदालतका न्यायाधीशहरू किरणकुमार पोखरेल र...

दैलेखमा बोक्सी आरोपमा भाइले गरे दिदीको हत्या

२०८१ मंसिर ६ गते १४:२३

काठमाण्डु, ६ मंसिर– दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या गरीएको छ । दैलेखको दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिएका छन । प्रहरीले हत्या आरोपमा कर्णबहादुरकै भाइ नाता...

ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाल पक्राउ

२०८१ मंसिर ६ गते १४:१५

काठमाण्डु, ६ मंसिर– ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ । पहरीले नेपाललाई आज बिहीबार काठमाण्डुको शान्तिनगरबाट पक्राउ गरीएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणमा लिएको जानकारी दिएका छन । उनले भने, ‘केही कुरा...

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

२०८१ मंसिर ६ गते १३:३४

काठमाण्डु, ६ मंसिर– प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई नियन्त्रणमा लिइएको छ । भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई नियन्त्रणमा लिइएको उपत्यका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us