काठमाण्डु, ६ मंसिर– नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन ।
आज बिहीबार सहकारी पीडितहरूले काठमाडौँको माइतीघरमा गरेको प्रदर्शनमा पुगेका श्रेष्ठले सहकारी रकम हिनामिना गर्नेलाई कारबाही गर्दै बचतकर्ताको बचत रकम फिर्ता पाउने अवस्था बनाउनुपर्ने बताएका छन ।
उनले नेपालमा सहकारीको नाममा जनता लुट्ने काम रोक्न र बचतकर्ताको समस्या समाधान गर्न पनि सरकारसँग माग समेत गरेको छ ।
बचत रकम फिर्ताको माग गर्दै बुधबार माइतीघरमा प्रदर्शन गर्ने पीडितमाथि दमन भएको भन्दै उनले आपत्ति जनाएका छन ।