भाइले गरे ५६ वर्षीय दाइको हँसिया प्रहार गरी हत्या

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– दैलेखमा भाइले हँसिया प्रहार गरी दाईको हत्या गरेका छन । दैलेखको दुल्लू नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको हँसिया प्रहार गरी हत्या गरेका हुन ।

भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले उनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

भुवनसिंहले आफूलाई बोक्सी लगाएर बिरामी पारेको भन्दै बुधबार साँझ कर्णबहादुरको घरमै पुगेर हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले भुवनसिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us